नेको इन्सुरेन्सको बीमाशुल्क आर्जन १.२७ अर्ब, मुनाफा ३०.५१%ले बढ्यो

2020-08-19
नेको इन्सुरेन्सको बीमाशुल्क आर्जन १.२७ अर्ब, मुनाफा ३०.५१%ले बढ्यो

काठमाण्डौ । नेको इन्सुरेन्स लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमाससम्ममा १ अर्ब २७ करोड रुपैयाँ खुद बिमाशुल्क आर्जन गरेको छ। यो रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा १०.९१ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीको खुद बिमाशुल्क आर्जन १ अर्ब १४  करोड रुपैयाँ थियो। 

समीक्षा अवधिमा कम्पनीले लगानी कर्जा तथा अन्यबाट हुने आय बापत १२ करोड १ लाख रुपैयाँ आर्जन गरेको छ। जुन रकम गत वर्षको सोही अवधिको तुलनामा १८.९७ प्रतिशतले बढी हो। अघिल्लो वर्षको सोही अवधिमा यो रकम १० करोड रुपैयाँमा सीमित थियो।

त्यस्तै समीक्षा अवधिमा कम्पनीले ५० करोड ८६ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा यो रकम ५५ करोड ८६ लाख रुपैयाँ थियो। यसरी हेर्दा अघिल्लो वर्षको तुलनामा कम्पनीले ८.२९ प्रतिशत कम खुद दाबी भुक्तानी गरेको छ। 

चौथो त्रैमासको अन्त्यसम्म कम्पनी ४४ करोड ८५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ। यो रकम अघिल्लो वर्षको सोही अवधिकोभन्दा ३०.५१ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीले ३४ करोड ३६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। 
समीक्षा अवधिमा कम्पनीकोे व्यवस्थापन खर्च ६.०९ प्रतिशतले बढेको छ। कम्पनीको व्यवस्थापन खर्च ३३ करोड २० लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीको व्यवस्थापन खर्च ३१ करोड ३० लाख रुपैयाँ थियो। 

त्यस्तै समीक्षा अवधिमा कम्पनीको बिमा कोषको आकार बढेर ८३ करोड १६ लाख रुपैयाँ भएको छ। यो आकार अघिल्लो वर्ष ६० करोड ७४ लाख रुपैयाको थियोे। कम्पनीले जगेडा तथा कोषको आकार १२ प्रतिशतले बढाएर ५२ करोड ४४ लाख रुपैयाँको पुर्याएको छ। 

अघिल्लो आर्थिक वर्ष २ लाख ७६ हजार ७१५ वटा बीमालेख जारी गरेको कम्पनीले समीक्षा अवधिको वर्षमा २ लाख ४४ हजार ८७४ वटा बीमालेख जारी गर्न सकेको देखिन्छ। 

यसैगरी कम्पनीको प्रतिसेयर आम्दानी ३४.०५ रुपैयाँ, पिई अनुपात १७.८३ गुणा, प्रतिसेयर नेटवर्थ २०८.९६ रुपैयाँ र प्रतिसेयर कुल सम्पत्तिको मूल्य ३७१.९५ रुपैयाँ रहेको छ। 
  

 


Share this with your friends: