नेपाल र ललितपुर फाइनान्सद्वारा प्राप्ति सम्बन्धी प्रस्ताव पारित गर्न विशेष साधारण सभा आह्वान

2021-05-27
नेपाल र ललितपुर फाइनान्सद्वारा प्राप्ति सम्बन्धी प्रस्ताव पारित गर्न विशेष साधारण सभा आह्वान

काठमाण्डौ । नेपाल फाइनान्स र ललितपुर फाइनान्सले प्राप्ति सम्बन्धी प्रस्ताव पारित गर्न एकैपटक विशेष साधारण सभा बोलाएका छन् । 

दुवै कम्पनीको सञ्चालक समितिहरुको जेठ १२ गते बैठकले आगामी जेठ २८ गते बिहान ११ बजे आ–आफ्नै केन्द्रिय कार्यालयमा वेबिनारमार्फत सो सभा सञ्चालन गर्न निर्णय गरेका छन् ।

सभाले नेपाल फाइनान्सले ललितपुर फाइनान्सलाई १ बराबर १ शेयर स्वाप अनुपातमा प्राप्त गर्ने प्रस्ताव पारित गर्नेछ । जस अनुसार हाल ललितपुर फाइनान्सको १ कित्ता शेयर हुने लगानीकर्ताले प्रप्ति पछि नेपाल फाइनान्सको १ कित्ता शेयर पाउनेछन् ।

त्यसैगरी, सभाको अन्य प्रस्तावमा प्राप्ति सम्बन्धी समझदारीपत्र, निर्णय तथा अन्तिम सम्झौताहरुको अनुमोदन गर्ने रहेको छ । त्यसैगरी, प्राप्तिपश्चात कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालन समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

विशेष साधारण सभा प्रयोजनका लागि नेपाल फाइनान्सले जेठ १९ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ भने प्राप्ति प्रक्रियाका लागि रहेकाले ललितपुर फाइनान्सको शेयर कारोबार रोक्का नै रहेको छ ।


Share this with your friends: