नेपाल लाइफ इन्स्योरेन्सद्वारा लाभांस वितरणको प्रस्ताव, बोनस र नगद कति ?

2020-12-23
नेपाल लाइफ इन्स्योरेन्सद्वारा लाभांस वितरणको प्रस्ताव, बोनस र नगद कति ?

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना सेयरधनीलाई लाभांस वितरणको प्रस्ताव गरेको छ। कम्पनीको पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले आ.व २०७५/७६ का लागि लाभांस वितरणको प्रस्ताव गरेको हो। 

बैठकले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट चुक्तापूँजीको ३१ प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद लाभांस गरि कुल ५१ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको हो। कम्पनीद्वारा प्रस्तावित लाभांसमा चुक्तापूँजीको ३१ प्रतिशतले हुन आउने १ करोड ७० लाख ३८ हजार ०९८.५१ कित्ता बोनस सेयर र २० प्रतिशतले हुन आउने १ अर्ब ९ करोड ९१ लाख ४९ हजार ७१९ रुपैयाँ बराबरको नगद लाभांस(कर प्रयोजनका लागि समेत) रहेका छन्। 

यो लाभांस बीमा समितिबाट स्वीकृत भएपछि कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित गरि सेयरधनीलाई वितरण गरिनेछ। 


Share this with your friends: