नेपाल लाइफ इन्स्योरेन्सको वार्षिक साधारण सभा आज, यस्ता छन् अजेन्डा

2021-02-10
नेपाल लाइफ इन्स्योरेन्सको वार्षिक साधारण सभा आज, यस्ता छन् अजेन्डा

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा आज(माघ २८ गते)आयोजना हुन गईरहेको छ। आज पर्सा जिल्लाको विरगन्जमा अवस्थीत होटल भिष्वामा कम्पनीको २० औँ वार्षिक साधारण सभा आयोजना हुन गईरहेको हो । कम्पनीको गत माघ ५ गते बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारण सभा डाकेको थियो । 

सभामा आर्थिक वर्ष २०७५/७६ काम लागि प्रस्तावित ३१ प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद लाभांस गरी कुल ५१ प्रतिशत लाभांस वितरणको प्रस्ताव पारित गरिनेछ। कम्पनीद्वारा प्रस्तावित लाभांसमा चुक्तापूँजीको ३१ प्रतिशतले हुन आउने १ करोड ७० लाख ३८ हजार ०९८।५१ कित्ता बोनस सेयर र २० प्रतिशतले हुन आउने १ अर्ब ९ करोड ९१ लाख ४९ हजार ७१९ रुपैयाँ बराबरको नगद लाभांस(कर प्रयोजनका लागि समेत) रहेका छन्। 

यसका साथै सभामा कम्पनीको प्रति सेयर मूल्य रु १ सय रहेकोमा यस सम्बन्धी व्यवस्थालाई परिवर्तन गरी प्रति सेयर मूल्य रु.५० कायम गर्ने विशेष प्रस्ताव पारित गरिनेछ। सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा प्रस्ताव भए बमोजिम आवश्यक संसोधन गर्ने तथा यसमा सम्बन्धीत निकायबाट कुनै फेरबदल गर्न सुझाव भएमा सो सुझाव बमोजिम आवश्यक फेरबदल गर्न आवश्यक अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पारित गरिनेछ। 

सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने आ.व २०७५/७६ को वार्षिक प्रतिवेदन पारित गरिनेछ। यसैगरी लेखापरीक्षकको प्रतिवेदन सहित २०७६ असार मसान्तसम्मको वासलात,आय व्यय हिसाब, नाफारनोक्सान हिसाब र नगद प्रवाह विवरण पारित गरिनुका साथै आ।व २०७६/७७ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ। सभामा सञ्चालक समितिबाट सर्वसाधारण सेयरधनी समूह ख बाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पारित गरिनेछ। 

कम्पनीले साधारण सभा र लाभांस वितरण प्रयोजनका लागि माघ १४ गतेदेखि २८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ।     
 

 


Share this with your friends: