नेपाल फाइनान्सद्वारा विशेष साधारण सभा प्रयोजनका लागि बुक क्लोज मिति तय

2021-05-28
नेपाल फाइनान्सद्वारा विशेष साधारण सभा प्रयोजनका लागि बुक क्लोज मिति तय

काठमाण्डौ । नेपाल फाइनान्स कम्पनी लिमिटेडल विशेष साधारण सभा प्रयोजनका लागि े बुक क्लोज मिति तय गरेको छ । कम्पनीले विशेष साधारण सभा प्रयोजनका लागि आगामी जेठ १९ गते  एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको हो ।

यसर्थ जेठ १८ गतेसम्म नेप्सेमा कारोबार भई जेठ २३ गतेभित्र कम्पनीको शेयर रजिष्ट्रारमा प्राप्त शेयर नामसारी लिखतको आधारमा शेयरधनी दर्ता किताबमा कायम शेयरधनीले मात्र उक्त सभामा भाग लिन पाउने कम्पनीले जनाएको छ । 

कम्पनीले ललितपुर फाइनान्सलाई प्राप्ति गर्ने प्रस्ताव पारित गर्न २८ गते बिहान ११ बजे आफ्नै केन्द्रिय कार्यालयमा वेबिनारमार्फत उक्त विशेष साधारण सभा गर्न लागेको हो । 

सभाको प्रस्तावमा कम्पनीले ललितपुर फाइनान्सलाई १ बराबर १ शेयर स्वाप अनुपातमा प्राप्त गर्ने, प्राप्ति सम्बन्धी समझदारीपत्र, निर्णय तथा अन्तिम सम्झौताहरुको अनुमोदन गर्ने रहेको छ । 

त्यसैगरी, प्राप्तिपश्चात कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालन समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।


Share this with your friends: