नेपाल बंगलादेश बैंक २८ औँ वर्षमा प्रवेश

2021-06-06
नेपाल बंगलादेश बैंक २८ औँ वर्षमा प्रवेश

काठमाण्डौ। नेपाल बंगलादेश बैंक लिमिटेड आज (जेठ २३ गते) बाट) २८ औँ वर्षमा प्रवेश गरेको छ। 

नेपाल राष्ट्र बैंकबाट क वर्गको इजाजत प्राप्त नेपाल बैंकले २०५१ साल जेठ २३ गतेदेखि आफ्नो बैंकिङ कारोबार शुभारम्भ गरेको थियो। नेपाल बंगलादेश बैंक विदेशी संयुक्त लगानीमा संचालित बैंक हो। यस बैंकमा मित्र राष्ट्र बंगलादेशको आईएफआईसी बैंकको ४०.९० प्रतिशत लगानी रहेको छ। 

बैंकले हाल सातै प्रदेशमा ९९ वटा शाखा, ८ वटा एक्सटेन्सन काउन्टर तथा ८१ वटा एटिएमबाट ग्राहकलाई बैकिङ सुविधा दिँदै आएको  छ। बैंकले अत्याधुनिक बैंकिङ सुविधाहरु दिनुका साथसाथै संस्थागत सामाजिक उत्तरदायित्वलाई सधैँ उच्च प्राथमिकतामा राख्ने गरेको छ।  

आफ्नो २७ औँ वार्षिकोत्सवका अवसर पारेर बैंकले हाल नेपालमा बढ्दो कोभिड १९ को संक्रमण र यसबाट हुनसक्ने मृत्युबाट नेपाली जनतालाई जोगाउने प्रयासमा हातेमालो गर्दै संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल सरकारलाई ६६ लाख रुपैयाँबराबरको २ हजार ५०० भायल रेम्डिसिभिर इन्जेक्सन हस्तान्तरण  गरेको छ। साथै सुदूरपश्चिम प्रदेशको धनगढी उपमहानगरपालिका, महाकाली अञ्चल र टिकापुर अस्पताललाई ४ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ। उक्त रकमबाट सेती प्रादेशिक अस्पताल, महाकाली अस्पताल र टिकापुर अस्पताललाई आवश्यक पर्ने अक्सिजन प्लान्ट स्थापना गर्ने, अक्सिजन सिलिन्डर तथा अक्सिजन कन्सनटे«टर खरिद गर्नेछ। 

आफ्नो वार्षिकोत्सवका अवसरमा बैंकको २७ वर्षसम्मकोे निरन्तर यात्रामा सहयात्री भई साथ दिने ग्राहक, शुभचिन्तक, सेयरधनी, नियामक निकाय एवं साझेदार संस्थाहरुमा हार्दिक धन्यवाद ब्यक्त गर्दै आगामी दिनमा अझ सुदृढ सेवा र सुविधा दिँदै ग्राहकको जीवनमा सहजता प्रदान गर्ने प्रतिबद्घता पनि गरेको छ। 


Share this with your friends: