नेपाल हाइड्रो डेभलपरको कम्पनी सचिव परिवर्तन, नयाँ सचिवमा ढुंगाना नियुक्त

2021-06-08
नेपाल हाइड्रो डेभलपरको कम्पनी सचिव परिवर्तन, नयाँ सचिवमा ढुंगाना नियुक्त

काठमाण्डौ । नेपाल हाइड्रो डेभलपर लिमिटेडको कम्पनी सचिव परिवर्तन गरिएको छ ।

कम्पनीको नयाँ कम्पनी सचिवमा  प्रमुख कार्यकारी अधिकृत शेष कुमार ढुंगाना नियुक्त भएका छन् ।  कम्पनीको जेठ २४ गते बसेको सञ्चालक समितिको बैठकले ढुंगानालाई कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो । उनलाई सोहि दिनदेखि लागू हुनेगरी कम्पनी सचिवमा नियुक्त गरिएको हो । 

कम्पनीका यसअघिका कम्पनी सचिव रमाकान्त मणि नेपालले दिएको राजिनामा स्वीकृत भएसँगै उनको स्थानमा ढुंगाना नियुक्त भएका हुन् ।  


Share this with your friends: