नेपाल बैंकको डिबेञ्चर रजिष्ट्रारमा नबिल इन्भेष्टमेन्ट बैंकिङ नियुक्त

2021-06-16
नेपाल बैंकको डिबेञ्चर रजिष्ट्रारमा नबिल इन्भेष्टमेन्ट बैंकिङ नियुक्त

काठमाण्डौ । नेपाल बैंक लिमिटेडको डिबेञ्चर रजिष्ट्रारमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरिएको छ। बैंकको‘नेपाल बैंक ऋणपत्र २०८७’ को कारोबार सम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि नबिल इन्भेष्टमेन्ट बैंकिङलाई नियुक्त गरिएको हो। 
 
नेपाल बैंक र नबिल इन्भेष्टमेन्ट बैंकिङबीच गत वैशाख २२ गते सम्पन्न सम्झौता बमोजिम डिबेञ्चर रजिष्ट्रार नियुक्त गरिएको हो। यससँगै अब नबिल इन्भेष्टमेन्ट बैंकिङले बैंकको ऋणपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी रोक्का राख्ने लगायतका ऋणपत्रवालाहरुको लागत अद्यावधिक गरी राख्ने जस्ता सम्पूर्ण कार्य गर्नेछ।  

Share this with your friends: