नेपाल बैंकले मुद्धती निक्षेपमा रु.३.२० अर्ब लगानी गर्ने

2021-06-20
नेपाल बैंकले मुद्धती निक्षेपमा रु.३.२० अर्ब लगानी गर्ने

काठमाण्डौ । नेपाल बैंक लिमिटेडले मुद्धती निक्षेपमा लगानी गर्ने भएको छ । बैंकले ३ अर्ब बढी रकम मुद्धति खातामा लगानी गर्ने भएको हो ।

बैंकले कर्मचारी अवकाश कोष व्यवस्थापन ट्रस्टमा रहेको ३ अर्ब २० करोड रकम तीन महिनाका लागि मुद्धति खातामा लगानी गर्ने लागेको हो । 

इच्छुृक वाणिज्य बैंकहरुले अधिकतम रू। ५० करोडमा नबढ्ने गरी आफुले निक्षेप लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको ब्याजदर खुलाएर असार ८ गते मंगलवार दिउँसो ४ बजेसम्म प्रस्ताब पेश गर्नुपर्नेछ । 

यसका लागि नेपाल राष्ट्र बैंकबाट तोकिएको न्यूनतम पूँजी कोष कायम गरेको, निष्र्किय बर्जा कुल कर्जा सापटको ३ प्रतिशतभन्दा कम भएको र पछिल्लो तीन आर्थिक वर्ष लगातार सञ्चालन मुनाफमा रहेको हुनुपर्नेछ । 


Share this with your friends: