नेपाल बंगलादेश बैंकद्वारा मोरङको बुधबारे बजारमा विस्तारित सेवा केन्द्र सञ्चालन

2021-07-25
नेपाल बंगलादेश बैंकद्वारा मोरङको बुधबारे बजारमा विस्तारित सेवा केन्द्र सञ्चालन

काठमाण्डौ । नेपाल बंगलादेश बैंकले विस्तारित सेवा केन्द्रको औपचारिक सुरुआत गरेको छ । बैंकले मोरङ जिल्लाको लेटाङ नगरपालिकाको बुधबारे बजारमा आफ्नो ८ औँ विस्तारित सेवा केन्द्रको औपचारिक सुरुआत गरेको हो। 

बैंकको विस्तारित सेवा केन्द्रको उद्घाटन प्रदेश नम्बर १ मोरङ ‘ख’ का प्रदेश सांसद उपेन्द्र घिमिरे गरेका थिए। बुधबारे बजार लेटाङ्ग नगरपालिको वडा नम्बर १, २ र ३ तथा केराबारी गाउँपालिकाको वडा नम्वर ९ का लागि केन्द्रका रुपमा स्थापित भई बैंकिङ पहँुचबाट टाढा रहेको अवस्थामा लेटाङ नगरपालिको अनुरोधका साथै ग्रामीण भेगमा वित्तीय पहुँच पुर्याई हरेक नेपालीको एक वैंक खाता खोल्ने नेपाल सरकारको नितिलाई सघाउ पुर्याउने उद्देश्यका साथ एक औपचारिक कार्यक्रमका बीच बैंकले आफ्नो सेवा केन्द्र सञ्चालनमा ल्याएको जनाएको छ। 

बैंकको विस्तारित सेवाबाट यस भेगमा छरिएर रहेको पुँजीलाई एककिृत गर्न सघाउ पुग्नका साथै विदेशबाट प्राप्त हुने रेमिटान्स सोझै बैंक खातामा जम्मा हुने, चेक क्लियरिङ तथा व्यवसायजन्य कारोबारका लागि अन्यत्र टाढा जान नपर्ने, सामाजिक सुरक्षालगायत नेपाल सरकारबाट बंंैकिङ प्रणालीमार्फत प्राप्त हुने सम्पूर्ण सेवाहरु सजिलै प्राप्त गर्ने,  शिक्षक एवं कर्मचारीहरुको तलबी खाता सञ्चालन गर्न सहज हुनेलगायतका सेवाहरु सहजै प्राप्त हुने बैंकले जनाएको छ। 

हाल बैंकले आफ्ना ९९ शाखा, ८ एक्सटेन्सन काउन्टर तथा ८२ वटा एटीएमबाट बैंकिङ सुविधा प्रदान गर्दै आएको छ। 


Share this with your friends: