नेपाल बंगलादेश बैंकद्वारा पोखराको खुदी ढुंगेपाटनमा नवौँ विस्तारित सेवा केन्द्र सञ्चालन

2021-08-18
नेपाल बंगलादेश बैंकद्वारा पोखराको खुदी ढुंगेपाटनमा नवौँ विस्तारित सेवा केन्द्र सञ्चालन

काठमाण्डौ । नेपाल बंगलादेश बैंक लिमिटेडले विस्तारित सेवा केन्द्र सञ्चालनमा ल्याएको छ । बैंकले कास्की जिल्लाको पोखरा महानगरपालिका वडा नं. ३० खुदी ढुंगेपाटनमा नवौँ विस्तारित सेवा केन्द्र सञ्चालना ल्याएको हो। 

उक्त सेवा केन्द्रको औपचारिक उद्घाटन वडा नं. ३० का वडाध्यक्ष श्रीराम पोखरेलद्वारा गरिएको हो । यो बिस्तारित सेवा केन्द्रले पोखरा २९, ३०, ३१, ३२ तथा ३३ नम्बर वडामा वित्तीय पहुँच पुर्याई हरेक नेपालीको एक बैंक खाता खोल्ने नेपाल सरकारको नीतिलाई सघाउ पुर्याउने उद्देश्यका साथ बैंकले आफ्नो सेवा केन्द्र सञ्चालनमा ल्याएको हो । उक्त विस्तारित सेवा केन्द पोखरा विश्वविद्यालय हातानजिकै खोलिएकाले विश्वविद्यालयमा अध्ययनरत बिद्यार्र्थी तथा शिक्षकवर्ग पनि लाभान्वित हुने विश्वास बैंकले लिएको छ।

यस विस्तारित सेवा केन्द्रबाट यस भेगमा छरिएर रहेको पुँजीलाई एकीकृत गर्न सघाउ पुग्नुका साथै विदेशबाट प्राप्त हुने रेमिटान्स सोझै बैंक खातामा जम्मा हुने, चेक क्लियरिङ तथा व्यवसायजन्य कारोबारका लागि अन्यत्र टाढा जान नपर्ने, सामाजिक सुरक्षालगायत नेपाल सरकारबाट बैंकिङ प्रणालीमार्फत प्राप्त हुने सम्पूर्ण सेवा सजिलै प्राप्त गर्ने, शिक्षक एवं कर्मचारीको तलबी खाता सञ्चालन गर्न सहज हुनेलगायतका सुविधा सहजै प्राप्त हुने बैंकले जानकारी गराएको छ।    


Share this with your friends: