नेपाल ल्यूब आयलद्वारा लाभांस प्रस्ताव, वार्षिक साधारण सभा र बुक क्लोज कहिले ?

2021-09-12
नेपाल ल्यूब आयलद्वारा लाभांस प्रस्ताव, वार्षिक साधारण सभा र बुक क्लोज कहिले ?

काठमाण्डौ । नेपाल ल्यूब आयल लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ । कम्पनीको भदौ २५ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो । 

बैठकले आर्थिक वर्ष २०७७/७८ का लागि ३० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांस गरी कुल ३५ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको हो । 

लाभांस वितरणको प्रस्ताव पारित गर्नकाख लागि कम्पनीले आगामी असोज १८ गते सोमबारका दिन ललितपुर झम्सिखेलमा रहेको कम्पनीको कार्यालयबाट भर्चुअल माध्यम जुम एपमार्फत सभा आयोजना गर्ने निर्णय गरेको छ । 

उक्त सभामा लाभांस वितरणको विशेष प्रस्तावसहित आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । 

यस्तै आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षकको प्रतिवेदनसहित २०७८ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका अनुसूचीहरुमाथि छलफल गरी पारित गरिने छ । सभामा आर्थिक वर्ष २०७८/७९ का लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावसहित सर्वसाधारण सेयरधनीकातर्फबाट सञ्चालकको नियुक्ती गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।   

वार्षिक साधारण सभा तथा लाभांस वितरण प्रयोजनका लागि कम्पनीले आगामी असोज ५ गतेदेखि असोज १८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । 


Share this with your friends: