नेपाल बंगलादेश बैंकका अध्यक्ष शकिबद्वारा सपथ ग्रहण

2021-11-22
नेपाल बंगलादेश बैंकका अध्यक्ष शकिबद्वारा सपथ ग्रहण

काठमाण्डौ । नेपाल बंगलादेश बैंकका अध्यक्ष एआरएम नजमुस शकिबले आज पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन्।

बैंकको अध्यक्षमा पुनःनियुक्त भएका अध्यक्ष शकिबले नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीसमक्ष पद तथा गोपनीयताको सपथ ग्रहण गरेका हुन्। सपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंक तथा नेपाल बंलादेश बैंकका उच्च पदस्थ अधिकारीहरुको उपस्थिति थियो। 

नवनिर्वाचित सञ्चालक समितिको बैठकबाट आगामी ४ वर्षे कार्यकालका लागि निर्वतमान अध्यक्ष शकिबलाई नै बैंकको अध्यक्ष चयन गरेको थियो। 

हाल बैंकले १०० शाखा, १० एक्सटेन्सन काउन्टर, तथा ८४ वटा एटीएमबाट बैंकिङ सुविधा दिँदै आएको छ। 


Share this with your friends: