नेपाल बैंकको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

2021-12-07
नेपाल बैंकको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाण्डौ । नेपाल बैंक लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले बैंकद्वारा प्रस्तावित १४ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो । 

बैंकको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता ३७८.६८ रुपैयाँ कायम गरिएको छ । अघिल्लो कारोबार दिन बैंकको सेयरमूल्य प्रतिकित्ता ४३१.७० रुपैयाँ कायम थियो । 

बैंकले आर्थिक वर्ष २०७७/७८ का लागि १४ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांस वितरणको प्रस्ताव गरेको छ ।


Share this with your friends: