नेपाल फाइनान्सद्वारा हकप्रद निष्कासनका लागि बुक क्लोज मिति तय

2020-10-14
नेपाल फाइनान्सद्वारा हकप्रद निष्कासनका लागि बुक क्लोज मिति तय

काठमाण्डौ । नेपाल फाइनान्स लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट निष्कासन गर्न स्विकृती पाएको १ः१.२५ अनुपातको हकप्रदका लागि बुक क्लोजको मिति तय गरेको छ। 

कम्पनीले एक सूचना जारी गर्दै हकप्रद सेयर निष्कासनका लागि आउँदो कात्तिक ६ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय भएको जनाएको हो। 

त्यसैले कात्तिक ५ गतेसम्म नेप्सेमा कारोबार भई कात्तिक १४ गते ३ कार्य दिनभित्र यो कम्पनीको सेयर रजिस्ट्रार प्रभु क्यापिटल लिमिटेडमा प्राप्त सेयर नामसारीको लिखतका आधारमा सेयरधनी दर्ता किताबमा कायम सेयरधनीहरुले मात्र हकप्रद सेयर खरिदका लागि दरखास्त दिन योग्य हुने सूचनामा उल्लेख छ। 

कम्पनीले रु १०० अंकित १६ लाख ९७ हजार ५०६.२५ कित्ता हकप्रद साविक सेयरधनीका लागि निष्कासन गर्नेछ।  

कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ।

 


Share this with your friends: