नेपाल टेलिकमको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

2022-03-24
नेपाल टेलिकमको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । नेपाल टेलिकमको लाभांस सुरक्षित गर्ने आज(चैत १० गते)अन्तिम दिन रहेको छ। कम्पनीले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको लभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो। 

कम्पनीले लाभांस वितरण तथा साधारण सभा प्रयोजनका लागि चैत ११ गतेदेखि २३ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरु मात्रै लाभांस प्राप्त गर्न र साधारण सभामा सहभागी हुन योग्य हुनेछन्। 

कम्पनीले आव २०७७/७८ को मुनाफाबाट ४० प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको हो । प्रस्तावित लाभांसमा २० प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद लाभांस रहेका छन् । 


Share this with your friends: