नेपाल फाइनान्सको हकप्रद लागि योग्य हुने आज अन्तिम अवसर

2022-05-02
नेपाल फाइनान्सको हकप्रद लागि योग्य हुने आज अन्तिम अवसर

काठमाण्डौ । नेपाल फाइनान्स लिमिटेडको हकप्रदका लागि योग्य हुने आज(वैशाख १९ गते)अन्तिम दिन रहेको छ । कम्पनीको वैशाख १३ गते बसेको सञ्चालक समितिको बैठकले हकप्रद निष्कासनका लागि वैशाख २१ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरुमात्रै कम्पनीद्वारा जारी गरिने हकप्रदका लागि योग्य हुनेछन् । भोलि इदको सार्वजनिक बिदा परेकाले आजसम्म कायम सेयरधनीहरुमात्रै कम्पनीद्वारा जारी गरिने हकप्रदका लागि योग्य हुनेछन् ।  

हकप्रद बिक्रीपछि कम्पनीको चुक्तापुँजी ८३ करोड ८९ लाख ४३ हजार ७५२ रुपैयाँ पुग्नेछ। 


Share this with your friends: