नेपाल हाइड्रो डेभलपरद्वारा विशेष साधारण सभा आह्वान

2022-06-09
नेपाल हाइड्रो डेभलपरद्वारा विशेष साधारण सभा आह्वान

काठमाण्डौ । नेपाल हाइड्रो डेभलपर लिमिटेडले विशेष साधारण सभा डाकेको छ । कम्पनीको जेठ २५ गते बसेको सञ्चालक समितिको बैठकले आगामी असार १३ गते सोमबारकादिन कम्पनीको विशेष साधारण सभा डाकेको हो ।

उक्त सभा काठमाण्डौको ज्ञानेश्वरमा रहेको कावेरी इनमा आयोजना हुनेछ । 

उक्त सभामा कम्पनीको नियमावलीको नियम २३ र नियमावलीको नियम २७ को नियम उपनियम ३(१)संशोधन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । यस्तै कम्पनीको नियमावली संशोधन सम्बन्धमा नियामककारी निकायबाट कुनै संशोधन गर्न सुझाव वा निर्देशन प्राप्त भएमा सोहि बमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरिनेछ । 

विशेष साधारण सभा प्रयोजनका लागि कम्पनीले आगामी असार ३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ असार १ गतेसम्म कायम सेयरधनीहरुमात्रै कम्पनीको विशेष साधारण सभामा सहभागी हुन योग्य हुनेछन् । 


Share this with your friends: