नेपाल पुनर्बीमा कम्पनीद्वारा वार्षिक साधारण सभा आह्वान, यस्ता छन् अजेन्डा

2020-12-23
नेपाल पुनर्बीमा कम्पनीद्वारा वार्षिक साधारण सभा आह्वान, यस्ता छन् अजेन्डा

काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले पाचौँ वार्षिक साधारण सभा डाकेको हो। 

बैैठकले काठमाण्डौ बबरमहल स्थित कार्की ब्याङ्केटमा आउँदो पुस २९ गते बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको छ। सभामा सञ्चालक समितिको निर्णय बमोजिम संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतका खर्च गरिएको रकमलाई अनुमोदन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ। यसका साथै कम्पनीको प्रबन्धपत्र/नियमावलीको प्रस्तावित संशोधनमा नेपाल सरकार वा नियमनकारी निकायहरुबाट कुनै फेरबदलको सुझाव प्राप्त भएमा सो बमोजिम आवश्यक फेरबदल गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ। 

सभामा आ.व २०७५/७६ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरि पारित गरिनेछ। यस्तै लेखापरीक्षकको प्रतिवेदन सहितको २०७६ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरुमाथि छलफल गरि पारित गरिनेछ। सभामा आ.व २०७६/७७ को लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ। यस्तै नेपाल सरकार बाहेकका संस्थागत लगानीकर्ताबाट १ जना तथा सर्वसाधारण सेयरधनीहरुबाट १ जना गरि जम्मा २ जना कम्पनीको सञ्चालक समितिको प्रतिनिधित्व गर्ने सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पारित गरिनेछ। 

साधारण सभा प्रयोजनका लागि कम्पनीले आउँदो पुस १६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। 

 


Share this with your friends: