नेपाल बंगलादेश बैंकको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

2020-12-24
नेपाल बंगलादेश बैंकको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । नेपाल बंगलादेश बैंक लिमिटेडको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। बैंकले गत आर्थिक वर्ष २०७६/७७ का लागि प्रस्ताव गरेको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो।

बैंकले साधारण सभा तथा लाभांस वितरण प्रयोजनका लागि भोलि पुस १० गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीमात्रै लाभांस प्राप्त गर्न र सभामा सहभागी हुन योग्न हुनेछन्। 

बैंकले गत आर्थिक वर्षका लागि ६ प्रतिशत बोनस सेयर र २.४२ प्रतिशत नगद लाभांस गरी कुल ८.४२ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको छ। लाभांस वितरणको प्रस्ताव पारित गर्नका लागि बैंकले आउँदो पुस २६ गते आइतबारका दिन बिहान ११.३० बजे अनलाइन जुम क्लाउड मिटिङका माध्यमबाट वार्षिक साधारण सभा आयोजना गर्ने निर्णय गरेको छ। 

 


Share this with your friends: