नेपाल लाइफको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

2021-01-26
नेपाल लाइफको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ ।नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ।कम्पनीले आ.व २०७५/७६ का लागि प्रस्ताव गरेको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो।

कम्पनीले भोलि(माघ १४ गते ) देखि माघ २८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांस प्राप्त गर्न र साधारण सभामा सहभागी हुन योग्य हुनेछन्।

कम्पनीले आ.व २०७५/७६ का लागि ३१ प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद लाभांस गरी कुल ५१ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको छ।कम्पनीद्वारा प्रस्तावित लाभांसमा चुक्तापूँजीको ३१ प्रतिशतले हुन आउने १ करोड ७० लाख ३८ हजार ०९८.५१ कित्ता बोनस सेयर र २० प्रतिशतले हुन आउने १ अर्ब ९ करोड ९१ लाख ४९ हजार ७१९ रुपैयाँ बराबरको नगद लाभांस (कर प्रयोजनका लागि समेत) रहेका छन्। 

यो लाभांस बीमा समितिबाट स्वीकृत भएपछि कम्पनीको आउँदो माघ २८ गते आयोजना हुन गईरहेको कम्पनीको २० औँ वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीलाई वितरण गरिनेछ।

 


Share this with your friends: