नेपाल लाइफको सेयर खण्डीकरण गर्ने प्रस्ताव पारित

2021-02-10
नेपाल लाइफको सेयर खण्डीकरण गर्ने प्रस्ताव पारित

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सेयर खण्डीकरण(स्टक स्प्लिट) सम्बन्धी प्रस्ताव पारित गरेको छ। 

आज विरगञ्ज स्थित होटल भिष्वामा आयोजना भएको कम्पनीको २० औँ वार्षिक साधारण सभाबाट सेयर टुक्राउने प्रस्ताव पारित गरिएको हो। 

कम्पनीको गत माघ ५ गते बसेको सञ्चालक समितिको बैठकले प्रति सेयर मूल्य रु १ सय रहेकोमा यस सम्बन्धी व्यवस्थालाई परिवर्तन गरी प्रति सेयर मूल्य रु।५० कायम गर्ने विशेष प्रस्ताव गरेको थियो। नेपाली सेयर बजारमा नयाँ अभ्यासको रुपमा रहेको यो व्यवस्था कम्पनीको वार्षिक साधारण सभाबाट पारित भइसकेको अवस्थामा अब धितोपत्र बोर्ड र कम्पनीको रजिष्टारको कार्यालयबाट समेत स्वीकृत भएमा कम्पनीको सेयर टुक्राउने योजना सफल हुनेछ। 

यसपश्चात कम्पनीले हाल कायम प्रतिसेयर अंकित मूल्य रु.१०० लाई घटाई रु.५० कायम गर्नेछ। दोस्रो बजारमा सबै लगानीकर्ताको पहुँच पुर्याउने उदेश्यले सेयरको संख्या बढाउन लागिएको कम्पनीले जनाएको छ। 

कम्पनीको सेयर टुक्राउने योजना सफल बने कम स्रोत भएका लगानीकर्ताको पनि कम्पनीको सेयर खरिदमा पहुँच पुग्ने विश्वास लिईएको छ।                                               

 


Share this with your friends: