नेपाल लाइफको मुनाफा २२.४८%ले बढ्यो, व्यवस्थापन खर्च ७.७८%ले घटाउन सफल

2021-02-12
नेपाल लाइफको मुनाफा २२.४८%ले बढ्यो, व्यवस्थापन खर्च ७.७८%ले घटाउन सफल

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को दोस्रो त्रैमाससम्ममा १७ अर्ब ८ करोड ७६ लाख ८३ हजार ४७६ रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको सोहि अवधिको तुलनामा २२.८३ प्रतिशतले धेरै हो। गत आ।वको दोस्रो त्रैमाससम्ममा कम्पनीले १३ अर्ब ९१ करोड १० लाख ६३ हजार ८९४ रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। 

यस्तै समिक्षा अवधिसम्म कम्पनीले लगानी कर्जा तथा अन्यबाट हुने आय बापत ३ अर्ब ५३ करोड ४९ लाख ५६ हजार रुपैयाँ आर्जन गरेको छ। अघिल्लो वर्षको दोस्रो त्रैमाससम्ममा यो रकम २ अर्ब ७६ करोड ७२ लाख ६६ हजार ५६१ रुपैयाँमा सीमित थियो। 

त्यस्तै समीक्षा अवधिसम्ममा कम्पनीले ५ अर्ब ५६ करोड ७५ लाख ४६ हजार ९८६ रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ। अघिल्लो वर्षको सोही अवधिसम्ममा यो रकम ३ अर्ब १४ करोड ५४ लाख ७९ हजार १७७ रुपैयाँ थियो। यसरी हेर्दा अघिल्लो वर्षको तुलनामा कम्पनीले ७७.०१ प्रतिशतले बढी दाबी भुक्तानी गरेको छ। 
 
आर्थिक वर्षमा कम्पनीले खुद नाफा बढाएको छ। दोस्रो त्रैमासको अन्त्यसम्म कम्पनी ४२ करोड ९७ लाख ८९ हजार ५९८ रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ। यो रकम अघिल्लो वर्षको सोही अवधिकोभन्दा २२.४८ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीले ३५ करोड ०९ लाख १७ हजार ४५७ रुपैयाँ मुनाफा आर्जन गरेको थियो। 

समीक्षा अवधिमा अघिल्लो वर्षको तुलनामा कम्पनीको व्यवस्थापन खर्च ७.७८ प्रतिशतले घटेको छ। कम्पनीको व्यवस्थापन खर्च ४८ करोड ६ लाख ८५ हजार ६०० रुपैयाँ छ। अघिल्लो वर्ष कम्पनीको व्यवस्थापन खर्च ५२ करोड १२ लाख ६१ हजार ०५३ रुपैयाँ थियो। 

त्यस्तै समीक्षा अवधिमा कम्पनीको जीवन बिमा कोषको आकार बढेर १ खर्ब १ अर्ब २८ करोड ६५ लाख ४३ हजार ४१८ रुपैयाँ पुगेको छ। जुन अघिल्लो वर्षको तुलनामा ३०.५३ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीको जीवन बिमा कोषको आकार ७७ अर्ब ५९ करोड २९ लाख २७ हजार ५४० रुपैयाँमा सीमित थियो। 

अघिल्लो वर्ष २ अर्ब ६१ करोड ५५ लाख १४ हजार ९१२ रुपैयाँको रहेको कम्पनीको जगेडा तथा कोषको आकार घटेर १ अर्ब ५ करोड ३४ लाख ५७ हजार ८५३ रुपैयाँको उचाइमा पुगेको छ। 

त्यस्तै समीक्षा अवधिसम्म कम्पनीले १३ लाख ३५ हजार ४६७ बीमालेख संख्या जारी गरेको छ। अघिल्लो वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीले १२ लाख ५८ हजार ५११ बीमालेख जारी गरेको थियो। 

कम्पनीको प्रति सेयर आम्दानी ११.९४ रुपैयाँ, प्रति सेयर नेटवर्थ १२२.९५, पिई अनुपात २०४.०४, प्रति सेयर कुल सम्पत्तिको मूल्य १५९७ रुपैयाँ र औसत प्रतिफल दर ९.५३ रहेको छ । 

 


Share this with your friends: