नेपाल बैंकका नवनियुक्त अध्यक्षद्वारा पद तथा गोपनियताको शपथ ग्रहण

2021-02-24
नेपाल बैंकका नवनियुक्त अध्यक्षद्वारा पद तथा गोपनियताको शपथ ग्रहण

काठमाण्डौ । नेपाल बैंक लिमिटेडका नवनियुक्त अध्यक्ष मधु कुमार मरासिनीले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन्। मरासिनीले फागुन ११ गते नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन्। 

नेपाल सरकार, अर्थ मन्त्रालयको तर्फबाट सञ्चालक पदमा नियुक्त भई आएका मरासिनीलाई फागुन १० गते बसेको बैंकको सञ्चालक समितिको बैठकबाट सर्वसम्मत रुपमा सञ्चालक समितिको अध्यक्षमा चयन भएका थिए।  

 


Share this with your friends: