काठमाण्डौ । नेपाल टेलिकमले लाभांस वितरणको प्रस्ताव गरेको छ। कम्पनीको आज(फागुन १९ गते) बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ का लागि लाभांस वितरणको प्रस्ताव गरेको हो।
सञ्चालक समितिको बैठकले आ.व २०७६/७७ को मुनाफाबाट प्रतिसेयर ४० रुपैयाँका दरले नगद लाभांस वितरण गर्ने प्रस्ताव गरेको छ। यो नगद लाभांस वितरणको स्वीकृतीका लागि कम्पनी ऐन २०६३ को दफा १८२ को उपदफा २ प्रावधान बमोजिम नेपाल सरकार समक्ष अनुरोध गर्न सञ्चालक समितिले निर्णय गरेको कम्पनीले जनाएको छ।