नेपाल टेलिकमको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

2021-03-10
नेपाल टेलिकमको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । नेपाल टेलिकमको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको लभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो। 

कम्पनीले लाभांस वितरण तथा साधारण सभा प्रयोजनका लागि फागुन २८ गतेदेखि चैत १३ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरु मात्रै लाभांस प्राप्त गर्न र साधारण सभामा सहभागी हुन योग्य हुनेछन्। भोलि सार्वजनिक बिदा भएकाले नेप्सेमा सेयर कारोबार नहुने हुँदा आजसम्म कायम सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांस प्राप्त गर्नेछन्। 

कम्पनीको गत फागनु १९ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि ४० प्रतिशत(प्रति सेयर ४० रुपैयाँ) नगद लाभांसको प्रस्ताव गरेको थियो। 

 


Share this with your friends: