नेपाल इन्स्योरेन्सको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

2021-03-29
नेपाल इन्स्योरेन्सको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। गत आर्थिक वर्षका लागि कम्पनीद्वारा प्रस्तावित ८ प्रतिशत बोनस सेयर र २ प्रतिशत नगद लाभांस गरी कुल १० प्रतिशत लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो।

कम्पनीले साधारण सभा तथा लाभांस वितरण प्रयोजनका लागि भोलि(चैत १७ गतेदेखि २७ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरुमात्रै कम्पनीद्वारा प्रस्तावित लाभांस प्राप्त गर्न र साधारण सभामा सहभागी हुन योग्य हुनेछन्। 

कम्पनीको गत माघ ८ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६÷७७ का लागि कुल १० प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको थियो। कम्पनीद्वारा प्रस्तावित लाभांसमा चुक्तापूँजी १ अर्ब १५ करोड ३ लाख १३ हजार ४८५।६९ रुपैयाँको ८ प्रतिशतले हुन आउने ९ करोड २० लाख २५ हजार ०७९ रुपैयाँ बराबरको बोनस सेयर र २ प्रतिशतका दरले हुन आउँने २ करोड ३० लाख ६ हजार २७० रुपैयाँ बराबरको नगद लाभांस९कर प्रयोजनका लागि० रहेका छन्। 

यो लाभांस बीमा समितिबाट स्वीकृत भएपछि कम्पनीको आगामी चैत २७ गते आयोजना हुने ७२ औँ वार्षिक साधारण सभाबाट पारित गरी वितरण गरिनेछ।   

 


Share this with your friends: