नेप्सेमा नेपाल फाइनान्स र चिलिमे हाइड्रोको सेयर सूचीकृत

2021-02-03
नेप्सेमा नेपाल फाइनान्स र चिलिमे हाइड्रोको सेयर सूचीकृत

काठमाण्डौ । आज नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा दुई कम्पनीको सेयर सूचीकृत भएको छ। नेप्सेमा नेपाल फाइनान्स लिमिटेडको हकप्रद सेयर र चिलिमे हाइड्रोपावर कम्पनीको बोनस सेयर सूचीकृत भएको हो। 

नेप्सेमा नेपाल फाइनान्सको १२५ प्रतिशत हकप्रद अर्थात १६ लाख ९७ हजार ५०६.२५ कित्ता हकप्रद सेयर र चिलिमे हाइड्रोपावरको १० प्रतिशत बोनस सेयर अर्थात ५७ लाख ०९ हजार ७६२.२५ कित्ता बोनस सेयर सूचीकृत भएको हो।  

 


Share this with your friends: