नेप्सेमा सानिमा माई हाइड्रोको बोनस सेयर सूचीकृत

2021-02-21
नेप्सेमा सानिमा माई हाइड्रोको बोनस सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सानिमा माई हाइड्रो लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ। नेप्सेमा कम्पनीको १० प्रतिशत अर्थात २५ लाख ५३ हजार १ सय कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो। 

कम्पनीले गत आर्थिक वर्षका लागि १० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांस गरी कुल १५ प्रतिशत लाभांस वितरण गरेको थियो। प्रस्तावित लाभांसमध्ये चुक्ता पुँजिको १० प्रतिशतले हुन आउने २५ करोड ५३ लाख १० हजार रुपैयाँ बराबरको बोनस सेयर र ५ प्रतिशतले हुन आउने १२ करोड ७६ लाख ५५ हजार रुपैयाँ बराबरको नगद लाभांस रहेका थिए। 

 


Share this with your friends: