नेप्सेमा दुई लघुवित्तको बोनस सेयर सूचीकृत

2021-07-07
नेप्सेमा दुई लघुवित्तको बोनस सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा दुई लघुवित्तको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा महिला सहयात्रा लघुवित्त र नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सूचीकृत भएको हो । 

महिला सहयात्रा लघुवित्तको १० प्रतिशत बोनस सेयर अर्थात १ लाख ३३ हजार १०० कित्ता र नेशनल माइक्रोफाइनान्स लघुवित्तको २१ प्रतिशत बोनस सेयर अर्थात ५ लाख ५४ हजार ४९५.०२५ कित्ता बोनस सेयर सूचीकृत भएको हो । यी दुवै संस्थाको बोनस सेयर गरेर नेप्सेमा आज ६ लाख ८७ हजार ५६५.०२५ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।  


Share this with your friends: