नेप्सेमा १७ लाख कित्ता बढी बोनस सेयर सूचीकृत

2021-08-18
नेप्सेमा १७ लाख कित्ता बढी बोनस सेयर सूचीकृत

काठमाण्डौ । राधी विद्युत कम्पनी लिमिटेडको बोनस सेयर नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचीकृत भएको छ । आज(भदौ २ गते)कम्पनीको ३६.५ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । 

नेप्सेमा कम्पनीको ३६.५ प्रतिशतले हुन आउने १७ लाख २८ हजार ४८१.२२५ कित्ता बोनस सेयर सूचीकृत भएको हो । 

राधी विद्युत कम्पनीले आर्थिक वर्ष २०७६/७७ का लागि ३६.५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो । 


Share this with your friends: