नेशनल लाइफ इन्स्योरेन्सद्वारा वार्षिक साधारण सभा आह्वान,बुक क्लोज कहिले ?

2022-02-17
नेशनल लाइफ इन्स्योरेन्सद्वारा वार्षिक साधारण सभा आह्वान,बुक क्लोज कहिले ?

काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको फागुन ५ गते बिहिबार बसेको सञ्चालक समितिको बैठकले ३३ औँ वार्षिक साधारण सभा डाकेको हो । 

बैठकले आगामी फागुन २९ गते आइतबारका दिन लाजिम्पाटमा रहेको कम्पनीको केन्द्रिय कार्यालयमा बिहान १०ः३० बजे वेभिनारमार्फत सभा आयोजना गर्ने निर्णय गरेको छ । उक्त सभामा कम्पनीको सञ्चालक समितिद्वारा प्रस्तावित १९ प्रतिशत बोनस सेयर र ३ करोड ३९ लाख ८ हजार ८९२ रुपैयाँबराबरको नगद लाभांस वितरणको प्रस्ताव पारित गरिनेछ । यस्तै सभामा प्रस्तावित बोनस सेयर कार्यान्वयन गर्न एवंम भविष्यमा सम्भावित पूँजी सम्बन्धि आवश्यकता समेतलाई दृष्टिगत गरी प्रबन्धपत्रको दफा(८)र नियमावली को नियम(४)मा संशोधन गरी कम्पनीको अधिकृत पूँजी ७ अर्ब र जारी पूँजी ६ अर्ब पुर्याउने विशेष प्रस्ताव पारित गरिनेछ । 

सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा सम्न्धित निकायबाट फेरबद गर्न सुुझाव वा निर्देशन भएमा सोहि बमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अत्यिारी प्रदान गनै प्रस्ताव पारित गरिनेछ । 

यसैगरी सञ्चालक समितिका तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिने आर्थिक वर्ष २०७६÷७७ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । सभामा आर्थिक वर्ष २०७६/७७ को वासलात,नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका अनुसूचीहरुमाथि छलफल गरी पारित गरिनुका साथै आर्थिक वर्ष २०७७/७८ का लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ । 

वार्षिक साधारण सभा तथा लाभांस वितरण प्रयोजनका लागि कम्वनीले आगामी फागुन २२ गते एक दिनका लागि बुक क्लोज गनै निर्णय गरेको छ । यसर्थ फागुन २१ गतेसम्म कायम सेयरधनीहरुमात्रै कम्पनीद्वारा प्रस्तावित लाभांस प्राप्त गर्न तथा वार्षिक साधारण सभामा सहभागी हुन योग्य हुनेछन् । 


Share this with your friends: