नेशनल लाइफ इन्स्योरेन्सको सीईओमा खत्रीको नाम प्रस्ताव, स्वीकृतिका लागि बीमा समितिमा पेश

2021-05-02
नेशनल लाइफ इन्स्योरेन्सको सीईओमा खत्रीको नाम प्रस्ताव, स्वीकृतिका लागि बीमा समितिमा पेश

काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओमा) सुरेश प्रसाद खत्रीको नाम प्रस्ताव गरिएको छ।

कम्पनीको वैशाख १७ गते बसेको सञ्चालक समितिको बैठकले खत्रीलाई चार वर्षका लागि कम्पनीको सीईओमा नियुक्तीको प्रस्ताव गरेको हो। 
सुरेश प्रसाद खत्रीको नाम सञ्चालक समितिद्वारा प्रस्ताव गरिएसँगै अन्तिम स्वीकृतिका लागि बीमा समिति समक्ष पेश गरिएको छ। बीमा समितिबाट स्वीकृति प्राप्त भएपछि कम्पनीको सञ्चालक समितिले उनलाई सीईओमा नियुक्त गर्नेछ। 

यसअघि कम्पनीका सीईओ भरत बस्तेतको कार्यकाल समाप्त भएपछि खत्रीलाई कायम मुकायम प्रमुख कार्यकारीको जिम्मेवारी दिइएको थियो। कम्पनीको पुस ३ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई उक्त जिम्मेवारी सुम्पिएको थियो।

 


Share this with your friends: