नेशनल लाइफको सीईओमा खत्री नियुक्त

2021-05-19
नेशनल लाइफको सीईओमा खत्री नियुक्त

काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा सुरेश प्रसाद खत्री नियुक्त भएका छन्। कमपनीको जेठ ४ गते बसेको सञ्चालक समितिको बैठकले खत्रीलाई सीईओमा नियुक्त गरेको हो। 

बैठकले उनलाई जेठ ३ गतेदेखि लागू हुनेगरी चार वर्षका लागि सीईओमा नियुक्त गरेको हो। कम्पनीको वैशाख १७ गते बसेको सञ्चालक समितिको बैठकले खत्रीलाई चार वर्षका लागि कम्पनीको सीईओमा नियुक्ती गर्ने प्रस्ताव स्वीकृतीका लागि बीमा समितिमा पेश गरेको थियो। उक्त प्रस्तावलाई बीमा समितिले जेठ ३ गते स्वीकृती दिएको थियो। 

 


Share this with your friends: