नेशनल माइक्रोफाइनान्सद्वारा विशेष साधारण सभा आह्वान

2021-05-24
नेशनल माइक्रोफाइनान्सद्वारा विशेष साधारण सभा आह्वान

काठमाण्डौ । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले विशेष साधारण सभा डाकेको छ । संस्थाको गत जेठ ९ गते बसेको सञ्चालक समितिको बैठकले विशेष साधारण सभा डाकेको हो । 

बैठकले आगामी जेठ २५ गते मैगलबारका दिन धादिङमा रहेको संस्थाको केन्द्रिय कार्यालयमा सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा नेशनल माइक्रोफाइनान्सले महिला सहयात्रा लघुवित्तलाई प्राप्ति गर्ने सम्बन्धि विशेष प्रस्ताव पारित गरिनेछ । 

यस्तै  प्राप्तिपश्चात सेयरपूँजी संरचना लगायतका अन्य पारित भएका विषयहरुमा नियमनकारी निकायहरुबाट कुनै संसोधन, फेरबदल, थवघट गर्न निर्देशन भएमा सोहि बमोजिम संस्थाको प्रबन्धपत्र तथा  नियमावलीमा संसोधन/परिमार्जन तथा थपघट लगायतका सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।  
सभामा प्राप्ति गर्ने प्रयोजनका लागि मूल्यांकनकर्ताबाट तयार गरिएको महिला सहयात्राको चल अचल सम्पत्ति तथा दायित्व मूल्यांकन प्रतिवेदन तथा अन्य सम्बद्ध व्यवस्थाको आधारमा आपसी सहमति बमोजिम निर्धारण गरिएको महिल सहयात्राको प्रति १०० कित्ता सेयर बराबर नेशनल माइक्रोफाइनान्सको ६८ कित्ता अर्थात महिला सहयात्राको प्रति सेयर मूल्य ६८ रुपैयाँ कायम गर्ने गरी प्राप्ति गर्ने कार्यलाई अन्तिम स्वीकृती प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । 
सभामा प्राप्ति गर्ने सम्बन्धमा सम्पन्न समझदारीपत्र, सम्पत्ति, दायित्व र कारोबारको मुल्यांकन प्रतिवेदन, संयुक्त प्राप्ति समिति रसञ्चालक समितिले गरेका निर्णय तथा काम कारवाही र  खर्च अनुमोदन गर्ने प्रस्ताव पारित गरिनेछ। यसैगरी प्राप्ति प्रयोजनका लागि नियुक्त लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक अनुमोदन गर्ने प्रस्ताव पारित गरिनुका साथै प्रबन्धपत्र तथा नियमावलीमा भएका संसोधनमा नियमाकारी निकायबाट कुनै फेरबदल गर्न निर्देशन भएमा सो बमोजिम काम कारबाही गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत पारित गरिनेछ। 

विशेष साधारण सभा प्रयोजनका लागि संस्थाले आगामी जेठ १७ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। 


Share this with your friends: