नेशनल माइक्रोफाइनान्ससँग समाहित हुन महिला सहयात्राले डाक्यो विशेष साधारण सभा

2021-05-24
नेशनल माइक्रोफाइनान्ससँग समाहित हुन महिला सहयात्राले डाक्यो विशेष साधारण सभा

काठमाण्डौ । महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लिमिटेडले विशेष साधारण सभा डाकेको छ । संस्थाको गत जेठ ९ गते बसेको सञ्चालक समितिको बैठकले विशेष साधारण सभा डाकेको हो । 

बैठकले आगामी जेठ २५ गते मंगलबारका दिन मकवानुपरमा रहेको संस्थाको केन्द्रिय कार्यालयमा सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा नेशनल माइक्रोफाइनान्ससँग समाहित हुने सम्बन्धमा सञ्चालक समितिका तर्फबाट प्रस्तुत गरिने प्रतिवेदनमापथ छलफल गरी पारित गरिनेछ । 


यस्तै प्राप्ति÷समाहित हुने सम्बन्धमा दुवै संस्थाद्वारा सम्पन्न समझदारीपत्र सोहि प्रयोजनका लागि दायित्व मूल्यांकनकर्ताको नियुक्ती र मूल्यांकनकर्ताबाट प्राप्त चल अचल सम्पत्ति दायित्व मूल्यांकनको प्रतिवेदनको आधारमा गरिएका निर्णयहरु अनुमोदन गरिनेछ ।
सभामा प्राप्ति गर्ने प्रयोजनका लागि मूल्यांकनकर्ताबाट तयार गरिएको महिला सहयात्राको चल अचल सम्पत्ति तथा दायित्व मूल्यांकन प्रतिवेदन तथा अन्य सम्बद्ध व्यवस्थाको आधारमा आपसी सहमति बमोजिम निर्धारण गरिएको सेयर स्वाप अनुपात १००ः६८ अर्थात महिल सहयात्राको प्रति १०० कित्ता सेयर बराबर नेशनल माइक्रोफाइनान्सको ६८ कित्ता अर्थात महिला सहयात्राको प्रति सेयर मूल्य ६८ रुपैयाँ कायम गर्ने गरी समाहित गर्ने कार्यलाई अन्तिम स्वीकृती प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । 

विशेष साधारण सभा प्रयोजनका लागि संस्थाले आगामी जेठ १७ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। 


Share this with your friends: