नेशनल मर्चेन्ट बैंकरद्वारा विशेष साधारण सभा आह्वान, आईपीओ निष्कासन मुख्य अजेन्डा

2021-11-28
नेशनल मर्चेन्ट बैंकरद्वारा विशेष साधारण सभा आह्वान, आईपीओ निष्कासन मुख्य अजेन्डा

काठमाण्डौ । नेशनल मर्चेन्ट बैंकर लिमिटेडले विशेष साधारण सभा डाकेको छ । कम्पनीको मंसिर ३ गते बसेको सञ्चालक समितिको बैठकले विशेष साधारण सभा डाकेको हो । 

बैठकले आगामी मंसिर २७ गते सोमबारका दिन काठमाण्डौ डिल्लीबजारमा रहेको कम्पनीको सभाहलमा सभा आयोजना गर्ने निर्णय गरेको छ । उक्त सभामा कम्पनीको चुक्तापूँजीको १० प्रतिशत सेयर सर्वसाधारणका लागि जारी गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । 

कम्पनीको नाम परिवर्तन गरी नेपाल लाइफ क्यापिटल लिमिटेड राख्ने विशेष प्रस्ताव पारित गरिनेछ । सभामा कम्पनीको सञ्चालकको संख्या ५ जनाबाट वृद्धि गरेर ७ जना बनाउने विशेष प्रस्ताव पारित गरिनेछ ।


Share this with your friends: