नेशनल लाइफको बीमाशुल्क आर्जन ४६.६०%ले वृद्धि, जीवन बीमा कोषको आकार २५.४६%ले बढाउन सफल

2020-11-13
नेशनल लाइफको बीमाशुल्क आर्जन ४६.६०%ले वृद्धि, जीवन बीमा कोषको आकार २५.४६%ले बढाउन सफल

काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७७ /७८ को पहिलो त्रैमासको अन्त्यसम्ममा २ अर्ब ८० करोड ३२ लाख ९३ हजार ९९७ रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम अघिल्लो वर्षको सोहि अवधिको तुलनामा ४६.६० प्रतिशतले धेरै हो। अघिल्लो वर्षको पहिलो त्रैमासको अन्त्यसम्ममा कम्पनीको खुद बीमा शुल्क आर्जन १ अर्ब ९१ करोड २१ लाख ८३ हजार ८३५ रुपैयाँ थियो। 

समीक्षा अवधिमा कम्पनीले लगानी कर्जा तथा अन्यबाट हुने आय बापत ६९ करोड ८८ लाख ९ हजार ०८७ रुपैयाँ आर्जन गरेको छ। जुन रकम गत वर्षको सोहि अवधिको तुलनामा २३.४३ प्रतिशतले बढि हो। अघिल्लो आर्थिक वर्षको सोशी अवधिमा यो रकम ५६ करोड ६१ लाख ६१ हजार ५३३ रुपैयाँमा सीमित थियो। 
त्यस्तै समीक्षा अवधिमा कम्पनीले ८४ करोड ६९ लाख ३४ हजार ८२६ रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ। समीक्षा अवधिमा कम्पनीको दाबी भुक्तानी ३८.५९ प्रतिशतले धेरै हो। अघिल्लो वर्ष कम्पनीले ६१ करोड १० लाख ९५ हजार ५१० रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो। 

समीक्षा अवधिमा कम्पनीको खुद मुनाफा वृद्धि भएको छ। पहिलो त्रैमासको अन्त्यसम्म् कम्पनी ११ करोड ८३ लाख ७१ हजार ८०४ रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ। यो रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा २.५८ प्रतिशतले बढि हो। 

अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको व्यवस्थापन खर्च ४२.८९ प्रतिशतले बढेको छ । कम्पनीको व्यवस्थापन खर्च २२ करोड २ लाख ६५ हजार ७९८ रुपैयाँ रहेको छ। 

यसैगरी समीक्षा अवधिमा कम्पनीको जीवन बीमा कोषको आकार बढेर ३५ अर्ब ९४ करोड २४ लाख ३५ हजार ३६३ रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासको अन्त्यसम्म कम्पनीको जीवन बीमा कोषको आकार २८ अर्ब ६४ करोड ९३ लाख ४५ हजार ९३५ रुपैयाँमा सीमित थियो। यसरी एक वर्षको अवधिमा कम्पनीले जीवन बीमा कोषको आकार २५.४६ प्रतिशतले बढाउन सफल भएको छ। 

अघिल्लो वर्षको पहिलो त्रैमासमा ६५ करोड ७४ लाख ८ हजार १७१ रुपैयाँमा सीमित रहेको कम्पनीको जगेडा तथा कोषको आकार बढेर १ अर्ब १४ करोड २७ लाख १६ हजार ३९५ रुपैयाँ पुगेको छ। 

कम्पनीले समीक्षा अवधिसम्म ८ लाख ८२ हजार ७२६ बीमालेख जारी गरेको छ। 

यस्तै कम्पनीको प्रतिसेयर आम्दानी १५.३६ रुपैयाँ, पिई अनुपात ४८.७६ गुणा र प्रति सेयर नेटवर्थ १४५.८६ रुपैयाँ रहेको छ।    

 


Share this with your friends: