नेशनल माइक्रोफाइनान्सको संस्थापक सेयरको लिलामी आजदेखि

2020-12-02
नेशनल माइक्रोफाइनान्सको संस्थापक सेयरको लिलामी आजदेखि

काठमाण्डौ । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आज(मंसिर १७ गते)बाट संस्थापक सेयर लिलामीमा राखेको छ । संस्थाआजबाट १ लाख ४ हजार कित्ता सेयर लिलामीमार्फत बिक्री गर्न लागेको हो । 

संस्थाले लिलामी मार्फत बिक्री गर्न लागेको यो सेयरमा विद्यमान संस्थापकहरु वा जोकोही व्यक्ति, कम्पनी र संघसंस्थाहरुले बोलपत्र पेस गर्न सक्नेछन्। 
लिलामीमा राखिएका संस्थापक सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ७२५ रुपैयाँ तोकिएको छ। 

संस्थाको धितोपत्र बिक्री प्रबन्धमा एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले मंसिर १७ गतेदेखि पुस १ गते बैंकिङ समयसम्म एनआईबीएल एस क्यापिटलमा गोप्य शिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ । 

 


Share this with your friends: