नेष्डो समृद्ध लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

2022-02-27
नेष्डो समृद्ध लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा आवेदन दिने आज(फागुन १५ गते) अन्तिम दिन रहेको छ । कम्पनीले गत फागुन ११ गतेदेखि आम सर्वसाधारणका लागि ८ करोड २८ लाख ७५ हजार रुपैयाँ बराबराको रु. १०० अंकित दरका ८ लाख २८ हजार ७५० कित्ता सेयर आईपीओ निष्कासन आईपीओ निष्कासन गरेको हो । 

निष्कासन गरिएको सेयरमध्ये ०=५ प्रतिशत अर्थात १२ हजार ७५० कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४४ हजार ४३७ कित्ता म्युचुअल फन्डका लागि र बाँकी रहेको ७ लाख ७४ हजार ५६३ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरिएको हो ।  

लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १ हजार कित्ता सेयरका लागि दरखास्त आवेदन दिन सक्नेछन् । 

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।


Share this with your friends: