नेष्डो समृद्ध लघुवित्तको आईपीओ नेप्सेमा सूचीकृत,ओपनिङ रेन्ज कति ?

2022-03-27
नेष्डो समृद्ध लघुवित्तको आईपीओ नेप्सेमा सूचीकृत,ओपनिङ रेन्ज कति ?

काठमाण्डौ। नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचीकृत भएको छ। नेप्सेमा संस्थाको आईपीओसहित २५ लाख ५० हजार कित्ता साधारण सेयर नेप्सेमा सूचीकृत भएको हो। 

नेप्से र संस्थाबीच आज(चैत १३ गते) प्रति सेयर अंकित तथा चुक्ता मूल्य रु.१०० कायम भएको २५ लाख ५० हजार कित्ता साधारण सेयर सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको हो। कम्पनीले आम सर्वसाधारणका लागि वितरण गरेको ८ लाख २५ हजार ७५० कित्ता, र संस्थापक सेयरधनीहरुले लगानी गरेको १७ लाख २१ हजार २५० कित्ता गरी कुल २५ लाख ५० हजार कित्ता साधारण सेयर नेप्सेमा सूचीकृत भएको हो। 

नेप्सेले धितोपत्र सूचीकरण नियमावली २०७५ बमोजिम चैत ११ गतेको निर्णयानुसार कम्पनीको सेयर सूचीकृत भएको जनाएको छ। 

नेप्सेले संस्थाको पहिलो कारोबारका लागि ओपनिङ रेञ्ज प्रतिकित्ता २६०.८४ रुपैयाँदेखि ७८२.५२ रुपैयाँ तोकेको छ। भोलिको प्रि ओपन सेसनमा यदि नेप्सेले तोकेको ओपनिङ रेञ्जभित्र कम्पनीको सेयर कारोबार भएमा कम्पनीको सेयर कारोबार नियमित समयमा सुचारु हुनेछ। नेप्सेले संस्थालाई नेष्डो संकत प्रदान गरेको छ ।    


Share this with your friends: