नेसनल लाइफ इन्स्योरेन्समा ५ जना सञ्चालक निर्वाचित

2022-03-15
नेसनल लाइफ इन्स्योरेन्समा ५ जना सञ्चालक निर्वाचित

काठमाण्डौ । नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा ५ जना सञ्चालक निर्वाचित भएका छन् । कम्पनीको गत फागुन २९ गते सम्पन्न ३३ औँ वार्षिक साधारण सभाबाट संस्थापक सेयरधनी समूह क बाट ३ जना र सर्वसाधारण समूह बाट २ जना गरी कुल ५ जना सञ्चालक निर्वाचित भएका हुन् । 

संस्थापक समूहबाट ३ जना प्रेमा राज्यलक्ष्मी सिंह, पवनबहादुर पाँडे र कुशल मल्ली सञ्चालकमा निर्वाचित हुन भएका छन् भने सर्वसाधारण समूहबाट २ जना भवानी राणा र कुलदीप शरण सिंह निर्वाचित भएका छन्। 


Share this with your friends: