नेसनल लाइफद्वारा नयाँ बोनस दर घोषणा, अधिकतम ८५ रुपैयाँसम्म पाइने

2022-01-16
नेसनल लाइफद्वारा नयाँ बोनस दर घोषणा, अधिकतम ८५ रुपैयाँसम्म पाइने

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७६/७७ का लागि बीमितलाई प्रदान गरिने बोनस दर घोषणा गरेको छ। कम्पनीले यो अवधिका लागि बीमितलाई प्रति हजारमा न्युनतम ६३ रुपैयाँ देखि अधिकतम ८५ रुपैयाँसम्म बोनस प्रदान गर्ने घोषणा गरेको हो। 

कम्पनीले सावधिक जीवन बीमालेख अन्तर्गत ९ वर्षसम्म अवधिका लागि ६४ रुपैयाँ, १० देखि १४ वर्षका लागि ६४ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ६४, २० देखि २५ वर्षका लागि ६५, २६ देखि २९ वर्षका लागि ८५ र ३० वा सोभन्दा माथिका लागि ८५ रुपैयाँ बोनस दर कायम गरेको छ। 

कम्पनीले सावधिक तथा आजीवन बीमालेख अन्तर्गत ० देखि ९ वर्षका लागि ६४ रुपैयाँ, १० देखि १४ वर्षका लागि ६४ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ६४ रुपैयाँ र २० वा सोभन्दा माथिका लागि ६५ रुपैयाँ बोनस दर निर्धारण गरेको छ। 

त्यस्तै कम्पनीले अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख अँन्तर्गत ० देखि ९ वर्ष अवधिका लागि ३० रुपैयाँ,१० देखि १४ वर्षका लागि ६३, १५ देखि १९ वर्षका लागि ६४ र २० वा सोभन्दा माथि अवधिका लागि पनि ६४ रुपैयाा बोनस दर निर्धारण गरेको छ। 


Share this with your friends: