पहिलो चरण अन्तर्गतको साहस उर्जाको आईपीओ बाँडफाँड सम्पन्न

2021-09-14
 पहिलो चरण अन्तर्गतको साहस उर्जाको आईपीओ बाँडफाँड सम्पन्न

काठमाण्डौ । साहस उर्जा लिमिटेडद्वारा आयोजना प्रभावितका लागि निष्कासित आईपीओको बाँडफाँड सम्पन्न गरिएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्र सोलुखुम्बु क्षेत्रका वासिन्दाका लागि निष्कासन गरेको ३५ लाख कित्ता सेयर बाँडफाँड गरेको हो। 

कम्पनीले आयोजना प्रभावित क्षेत्र सोलुखुम्बु क्षेत्रका वासिन्दाका लागि गत साउन २९ गतेदेखि भदौ ११ गतेसम्म ३५ लाख कित्ता सेयर आईपीओ निष्कासन गरेको थियो। कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ। क्यापिटलका अनुसार आयोजना प्रभावितका लागि निष्कासित आईपीओमा रितपूर्वक आवेदन दिएका आवेदकहरुलाई भदौ २८ गते बाँडफाँड गरिएको हो ।  


Share this with your friends: