पहिलो त्रैमासमा १९ जीवन बीमा कम्पनीको खुद बीमा शुल्क आर्जन ३१.८७ अर्ब रुपैयाँ, कसको कति ?

2020-11-26
पहिलो त्रैमासमा १९ जीवन बीमा कम्पनीको खुद बीमा शुल्क आर्जन ३१.८७ अर्ब रुपैयाँ, कसको कति ?

काठमाण्डौ । देशका १९ वटा जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो त्रैमास सम्मको अवधिमा ३१ अर्ब ८७ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेका छन्।  

बीमाशुल्क आर्जनलाई बीमा कम्पनीहरुको व्यवसाय वृद्धिको एक महत्वपूर्ण मापकको रुपमा लिइन्छ। यसले बीमा कम्पनीको व्यवसायको चित्रलाई झल्काउने काम गर्दछ। 

देशमा हाल सञ्चालनमा रहेका १९ वटा जीवन बीमा कम्पनीहरुले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ३१ अर्ब ८७ करोड खुद बीमा शुल्क आर्जन गरेका छन्। 

जीवन बीमा कम्पनीहरुको वित्तीय विवरण अनुसार सबैभन्दा बढि नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ८ अर्ब ९२ करोड ५१ लाख ५२ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ। यो सूचीमा लाइफ इन्स्योरेन्स कर्पाेरेशन(नेपाल), एलआईसी दोस्रो स्थानमा रहेको छ। यो कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मा ५ अर्ब ३ करोड ३१ लाख ३२ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गर्न सफल भएको छ। 

यसैगरी यो सूचीको तेस्रो स्थानमा राष्ट्रिय बीमा संस्थान रहेको छ। यो अवधिमा राष्ट्रिय बीमा संस्थानले ४ अर्ब २१ करोड १७ लाख ४४ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ। २ अर्ब ८० करोड ३२ लाख ९३ हजार रुपैयाँका साथ यो सूचीमा नेशनल लाइफ इन्स्योरेन्स चौथो स्थानमा रहेको छ। पाचौँ स्थानमा नयाँ बीमा कम्पनी युनियन लाइफ रहेको छ। यो अवधिमा कम्पनीले १ अर्ब ४९ करोड ३६ लाख ९६ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गर्न सफल भएकोृ छ।

यस्तै एशियन लाइफले १ अर्ब ४५ करोड ६० लाख ९५ हजार, मेट लाइफले १ अर्ब १६ करोड ८६ लाख ६८ हजार, प्राइम लाइफले १ अर्ब ६ करोड ५७ लाख ३ हजार, गुराँस लाइफले ९६ करोड २६ लाख ४० हजार, सूर्या लाइफले ८३ करोड ६८ लाख ४१ हजार, सिटिजन लाइफले ६० करोड ८६ लाख ७३ हजार र रिलायबल नेपाल लाइफले ५४ करोड ६३ लाख ९१ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेका छन्। 

यो अवधिमा आईएमई लाइफले ५२ करोड ९२ लाख ३६ हजार, ज्योति लाइफ ५२ करोड ५३ लाख ३३ हजार, रिलायन्स लाइफ ४६ करोड ५२ लाख ३० हजार, सन नेपाल लाइफ ४० करोड २८ लाख २८ हजार, सानिमा लाइफ ३४ करोड ८५ लाख ८९ हजार, प्रभु लाइफ २५ करोड ९७ लाख ९० हजार र महालक्ष्मी लाइफले २३ करोड ३५ लाख ९१ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गर्न सफल भएका छन्। 

बीमा कम्पनीहरुको पहिलो त्रैमासिक प्रतिवेदनले कोरोना कहरको प्रभाव बीमा कम्पनीहरुमा न्युन हुँदै गइरहेको देखाएको छ। यसो हुनुमा लकडाउन नहुनु, आर्थिक गतिविधिमा तिव्रता आउनु र सकारात्मक वातावरणको सिर्जना हुँदै जानु मुख्य कारण रहेका छन्। यद्यपी बैंकको मुद्यती निक्षेपको ब्याजदर घट्दै जानु र बदलिदो अवस्था अनुरुप बीमा कम्पनीहरुले आफ्नो व्यवसायलाई नयाँ ढंगले अघि बढाउनु बीमा कम्पनीहरु सामु चुनौतिको रुपमा देखिएको छ। 

 


Share this with your friends: