काठमाण्डौ । हिमालयन रि–इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ८ करोड ८ लाख ६४२ रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो त्रैमासको अन्त्यसम्ममा कम्पनीको खुद बीमाशुल्क आर्जन १ लाख ६४ हजार ०७१ रुपैयाँ थियो।
समीक्षा अवधिमा कम्पनीले लगानी कर्जा तथा अन्यबाट हुने आय बापत १० लाख १८ हजार ३८४ रुपैयाँ आर्जन गरेको छ। लगानी कर्जा तथा अन्यबाट हुने आयबापत कम्पनीले अघिल्लो त्रैमासको अन्त्यसम्ममा २ करोड ३७ लाख ६२ हजार ४७१ रुपैयाँ आर्जन गरेको थियो।
त्यस्तै समीक्षा अवधिमा कम्पनीले १ करोड ७ लाख १३ हजार ९६६ रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ।
पहिलो त्रैमासको अन्त्यसम्ममा कम्पनीको खुद मुनाफा बढेको छ। यो अवधिमा कम्पनीले ४ करोड ७६ लाख ८० हजार ७५१ रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ। अघिल्लो त्रैमासको अन्त्यसम्ममा कम्पनीको मुनाफा ९४ लाख २६ हजार ७०९ रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
त्यस्तै समीक्षा अवधिमा कम्पनीको बीमा कोषको आकार ४८ लाख १९ हजार २६८ रुपैयाँ भएको छ।