पुनर्बीमा कम्पनी बन्यो बीमा व्यवसायमध्येकै ठूलो करदाता

2020-11-24
 पुनर्बीमा कम्पनी बन्यो बीमा व्यवसायमध्येकै ठूलो करदाता

काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनी, बीमा व्यवसाय मध्ये सबैभन्दा धेरै आयकर तिर्ने करदाताको सूचीमा शीर्ष स्थानमा परेको छ । आन्तरिक राजस्व कार्यालयले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७६/७७ का लागि विभिन्न क्षेत्रमा सबैभन्दा बढि कर दाखिला गर्ने सूचीमा बीमा व्यवसाय तर्फ पुनर्बीमा कम्पनी परेको हो । 

आन्तरिक राजस्व कार्यालयले सार्वजनिक गरेको सबैभन्दा बढि कर दाखिला गर्नेको करदातको सूचीमा सूर्य नेपाल प्रा.लि रहेको छ । सूचीमा निर्याकर्ताहरुमध्ये सबैभन्दा बढि आयकर तिर्ने करदाताको रुपमा डाबर नेपाल प्रा.लि रहेको छ । यस्तै सबैभन्दा धेरै आयकर तिर्ने विशेष उद्योगमा हिमास पावर लिमिटेड, कृषि एवम् पशुपन्क्षीजन्य उद्योगमध्ये अन्नपूर्ण एग्रो इण्डष्ट्रिज प्रा.लि, सहकारी तथा लघुवित्त मध्ये छिमेकि लघुवित्त वित्तीय संस्था, बैंक तथा वित्तीय संस्थामध्ये नबिल बैंक, शिक्षा सेवा मध्ये मनिपाल एडुकेशन एण्ड मेडिकल गुप्र, विपे्रषण कारोबार गर्नेमध्ये आईएमई लिमिटेड, व्यापार व्यवसाय गर्ने मध्ये अग्नि इनकर्पाेरेशन, पर्यटन व्यवसाय मध्ये तारा गाउ रिजेन्सी र मध्य स्तरिय करदाता कार्यालयको कार्य क्षेत्रभित्र पर्ने करदातामध्ये कामना सेवा विकास बैंक रहेका छन् । 

मूल्य अभिवृद्धि कर तर्फ उत्कृष्ठ कर सहभागि भएको करदातामध्ये घोराहि सिमेन्ट इण्डष्ट्रिज पहिलो भई आन्तरिक राजश्व कार्यालयले सम्मानित गर्ने भएको छ ।
गत आर्थिक वर्षको सबैभन्दा बढि कर तिर्नेहरुमा व्यक्तिगततर्फबाट बिजय कुमार शाह अग्र स्थानमा रहेका छन् । 

 


Share this with your friends: