पुसको अन्त्यसम्म निर्जीवन बीमा कम्पनीहरुद्वारा १९.९ अर्ब बीमाशुल्क आर्जन,शिखर इन्स्योरेन्स अग्रस्थानमा

2022-02-09
पुसको अन्त्यसम्म निर्जीवन बीमा कम्पनीहरुद्वारा १९.९ अर्ब बीमाशुल्क आर्जन,शिखर इन्स्योरेन्स अग्रस्थानमा

काठमाण्डौ । नेपालमा सञ्चालित २० वटा निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको पुस महिनाको अन्त्यसम्ममा १९ अर्ब बढी कुल बीमाशुल्क आर्जन गरेका छन् । यो अवधिमा निर्जीवन बीमा कम्पनीहरुले १९ अर्ब ९ करोड ८२ लाख ६ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन् । 

यो अवधिसम्ममा सबैभन्दा धेरै कुल बीमाशुल्क आर्जन गर्नेमा शिखर इन्स्योरेन्स अग्रस्थानमा रहेको छ । कम्पनीले यो अवधिसम्ममा २ अर्ब ४३ करोड ८१ लाख ३६ हजार रुपैयाँ कुल बीमाुशुल्क आर्जन गरेको छ । सगरमाथा इन्स्योरेन्स दोस्रो स्थानमा रहेको छ । कम्पनीले १ अर्ब ७२ करोड ९६ लाख ९४ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । 

तेस्रो स्थानमा रहेको नेको इन्स्योरेन्सले १ अर्ब ५८ करोड ३८ लाख ५० हजार रुपैयाँ कुुल बीमाशुल्क आर्जन गरेको छ । १ अर्ब ३२ करोड ३४ लाख ७२ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्दै सिद्धार्थ इन्स्योरेन्स चौथो स्थानमा रहेको छ । एनएलजी इन्स्योरेन्सले १ अर्ब २० करोड ४ लाख ४२ हजार रुपैयाँ आर्जन गर्दै सूचीको पाचौँ स्थानमा रहेको छ । 

त्यस्तै प्रिमियर इन्स्योरेन्सले १ अर्ब १० करोड ६१ लाख, ७२ हजार युनाइटेड इन्स्योरेन्स ८८ करोड २१ लाख ७५ हजार , हिमालयन जनरल इन्स्योरेन्स ८४ करोड ६७ लाख ५६ हजार , अजोड इन्स्योरेन्स ७९ करोड २१ लाख ५१ हजार, आइएमई जनरल ८२ करोड ४७ लाख ६५ हजार , नेपाल इन्स्योरेन्स ७९ करोड ७९ लाख ६६ हजार , प्रभु इन्स्योरेन्स ८२ करोड ५ लाख १७ हजार, लुम्बिनी जनरल ७७ करोड ७२ लाख ५० हजार, ओरिएण्टल इन्स्योरेन्स ६९ करोड १२ लाख २७ हजार, राष्ट्रिय बीमा कम्पनी ५९ करोड १५ लाख ४६हजार, प्रुडेन्सियल इन्स्योरेन्स ६७ करोड ९ लाख २० हजार, एभरेष्ट इन्स्योरेन्स ६१ करोड ६५ लाख ९४ हजार, जनरल इन्स्योरेन्स ४६ करोड ५५ लाख ४१ हजार, नेशनल इन्स्योरेन्स ४७ करोड ७८ लाख ७९ हजार र सानिमा जनरल इन्स्योरेन्सले ४६ करोड ११ लाख ५३ हजार कुल बीमाशुल्क आर्जन गरेको छ । 


Share this with your friends: