प्रभु लाइफ इन्स्योरेन्सको मुनाफामा उछाल, बीमाशुल्क आर्जन २०.७८%ले बढ्यो

2021-08-13
प्रभु लाइफ इन्स्योरेन्सको मुनाफामा उछाल, बीमाशुल्क आर्जन २०.७८%ले बढ्यो

काठमाण्डौ । प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा १ अर्ब ४० करोड ३ लाख ७९ हजार ४४४ रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको सोहि अवधिको तुलनामा २०.७८ प्रतिशतले बढी हो। गत वर्षको चौथो त्रैमासको अन्त्यसम्ममा कम्पनीको बीमाशुल्क आर्जन १ अर्ब १५ करोड ९४ लाख ३५ हजार ५७५ रुपैयाँमा सीमित थियो। 

यस्तै कम्पनीले समिक्षा अवधिसम्ममा लगानी कर्जा तथा अन्यबाट हुने आय बापत २४ करोड ४४ लाख ३७ हजार ११४ रुपैयाँ आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोहि अवधिसम्ममा यो रकम ९ करोड ३ लाख ६६ हजार १६९ रुपैयाँमा सीमित थियो। 

समीक्षा अवधिमा कम्पनीले ७ करोड ६४ लाख ५७ हजार ८२९ रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ। अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासको अन्त्यसम्ममा कम्पनीले ८० लाख ५ हजार ४०४ रुपैयाँबराबरको खुद दाबी भुक्तानी गरेको थियो। समीक्षा अवधिमा कम्पनीको खुद मुनाफा वृद्धि भएको छ । कम्पनीको खुद मुनाफा २८३.४७ प्रतिशतले बढेको छ। अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ४ करोड ४४ लाख ९६ हजार ४४९ रुपैयाँ खुद मुनाफा आर्जन गरेको कम्पनीले चालु आर्थिक वर्षको चौथो त्रैमाससम्ममा १७ करोड ६ लाख ३१ हजार ०१९ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। 

अघिल्लो आर्थिक वर्षको तुलनामा कम्पनीको व्यवस्थापन खर्च ५.४४ प्रतिशतले वृद्धि भएको छ। कम्पनीको व्यवस्थापन खर्च ४० करोड ३३ लाख २७ हजार ५४१ रुपैयाँ रहेको छ। 

यसैगरी समीक्षा अवधिमा कम्पनीको जीवन कोषको आकार बढेर १ अर्ब ९४ करोड ७ लाख ५६ हजार ५५७ रुपैयाँ पुुगेको छ। अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासम्ममा कम्पनीको जीवन बीमा कोषको आकार १ अर्ब ४ करोड ३६ लाख ७१२ रुपैयाँमा सीमित थियो। अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्ममा १४ करोड ८९ लाख ४० हजार १६८ रुपैयाँ रहेको कम्पनीको जगेडा तथा कोषको आकार बढेर ३९ करोड ५५ लाख ७७ हजार ७३२ रुपैयाँको उचाईमा पुुगेको छ। 

चौथो त्रैमाससम्ममा कम्पनीले १ लाख ३३ हजार ८९३ बीमालेख जारी गरेको छ । यो अवधिमा कम्पनीको प्रति सेयर आम्दानी ८.५३ रुपैयाँ, पीई अनुपात ८८.३८, र प्रति सेयर कुल सम्पत्तिको मूल्य २१८.२६ रुपैयाँ रहेको छ । 


Share this with your friends: