प्रभु इन्स्योरेन्सद्वारा लाभांस प्रस्ताव

2021-02-14
प्रभु इन्स्योरेन्सद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । प्रभु इन्स्योरेन्स लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ । कम्पनीको माघ २९ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो । 

बैठकले आ.व २०७६/७७ का लागि १० प्रतिशत बोनस सेयर र ०.५३ प्रतिशत नगद लाभांस गरी कुल १०.५३ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको हो । कम्पनीद्वार प्रस्तावित लाभांसमा आ.व २०७६/७७ को वितरणयोग्य मुनाफाबाट हाल कायम रहेको चुक्तापूँजीको १० प्रतिशतले हुन आउने १० करोड ५३ लाख २७ हजार ४८४ रुपैयाँ बराबरको बोनस सेयर र ०.५३ प्रतिशतले हुन आउने ५५ लाख ५९ हजार ३४१ रुपैयाँ बराबरको नगद लाभांस(कर प्रयोजनका लागि) रहेका छन् । 

यो लाभांस बीमा समितिबाट स्वीकृत भएपछि कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीलाई वितरण गरिनेछ । 


Share this with your friends: